फेरि आन्दोलनका लागि तयार हुन मधेसी समुदायलाई यादवको आग्रह,प्रचण्ड सरकारले भारत र चीनमा दूत पठाउनु कूटनीतिक गल्ती

????????????????????????????????????

राजविराज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसीको माग पूरा नभएकाले आन्दोलन जारी रहेको बताउनुभएको छ ।
मधेस आन्दोलन २०७२ मा निधन भएका सहिदको स्मृतिमा सप्तरीको भारदहमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले मधेस आन्दोलनका क्रममा विगतका सरकारबाट भएका सहमति सम्झौता पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले आन्दोलनका लागि तयार रहन मधेसी समुदायलाई आग्रह गर्नुभयो ।
वर्तमान सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्यन गरेरै छाड्ने दाबी गर्दै अध्यक्ष यादवले सो सहमति कार्यान्वयन नभए मधेसवादी दल सरकारमा नजाने बताउनुभयो । साथै उहाँले वर्तमान संविधान अत्यन्त अधुरो र अपूरो रहेकाले संविधानलाई मधेसी, जलित, जनजाति र मुस्लिम समुदायले मान्न नसक्ने स्पष्ट पार्नुभयो । प्रचण्ड सरकारले भारत र चीनमा दूत पठाउनु कूटनीतिक गल्ती गर्यो ।
सो अवसरमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

भदौ ६ गते ।