सिटिजन्स बैंककोे शाखारहित बैंकिङ्ग सेवा थप
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा दाङ्ग जिल्लाकोे गडवा गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सम्वन्धीत शाखा प्रमुख, पवनकाजी खत्रीले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयोे । गडवा गा.वि.स मा सेवा संचालनका लागि स्थानीय व्यवसायी प्रदिप शर्मालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बनेको महशुस भएको बैंकले जनाएको छ ।
भदौ ६ गते ।