रास्वपा महाधिवेशनले प्रतिनिधिसभा बैठक पुनः स्थगित, अब भोलि (शनिबार) बस्ने
काठमाडौँ, १२ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको आज (शुक्रबार) का लागि तय भएको बैठक पुनः स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनका कारण बैठक पटक पटक स्थगित भएकाे हाे ।
संसद् सचिवालयले विशेष सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि निर्धारित बैठक भोलि असार १३ गते शनिबारसम्मका लागि सारिएको जानकारी दिएको छ।
सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयका अनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बैठक स्थगित गर्नुभएको हो। यसअघि असार ११ गतेका लागि तय भएको बैठक पनि सूचना टाँसेरै आजका लागि सारिएको थियो।
आजको बैठकमा बजेटसँग सम्बन्धित आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने लगायतका महत्वपूर्ण कार्यसूची रहेका थिए। अब यी कार्यसूचीहरूमाथि भोलि बस्ने बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको