हाँस्य अभिनेत्री दीपाश्री निरौलाको जन्मदिनमा केक र बधाईको ओइरो

deepa-shree-niraula-1काठमाडौ। तितो–सत्यकी लोकप्रिय हाँस्य अभिनेत्री दीपाश्री निरौलाको आज मंगलवार जन्मदिन परेको छ। आज जन्मदिनको कारण विहानै देखि अभिनेत्री निरौलालाई बधाईको ओइरो नै आएपछि उनी आफै हक्क न बक्क परेकी छन्।

त्यसमाथि सवैले दीपाजी तपाईको आज कतिऔ जन्मदिन भनेर सोधेर हैरान पारेपछि सवैलाई २० औं भनेर हँसाउने कार्य उनीवाट भएको छ। उमेर घर्किन लाग्दापनि हालसम्म विवाह नभएकी अभिनेत्रीको लाइनमा दीपाश्री अग्रपंक्तीमा देखिएकी छन्।

Deepa Shree Birthadyकेही बर्षयता नेपाली कलाकारहरुको जन्मदिन मनाउने क्रेज नेपालमा निक्कै बृद्धि हुन थालेको छ। सोही क्रममा जन्मदिनमा विभिन्न उपहार सहित बधाईको उपहार पाउने भाग्यमानी अभिनेत्रीमा दीपाश्री पनि परेकी छन्। दीपाश्रीको जन्मदिनमा केकले अनुहार रंगाउने दौडमा पहिला हुने उनको सहधर्मी कलाकारहरु नै बढी देखिएका छन्।

यसक्रममा अर्की हाँस्य अभिनेत्री पल्पसा डंगोल प्रथम बन्न पुगेकी छन्। पल्पसाले विहानै दीपाश्रीको जन्मदिनमा घरै पुगेर केकले अनुहार रंगाइदिएर मुख मिठो बनाइदिएकी छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ७ गते मंगलवार ।