दोलखामा मौसमी रुघाखोकी

दोलखा । दोलखाको जिरीमा मौसमी रुघाखोकी भाइरालका बिरामी बढेका छन् ।
पछिल्लो तथ्याङ्कलाई हेर्दा मौसम परिवर्तनसँगै जिरी र जिरी आसपासका क्षेत्रमा मौसमी रुघाखोकीका बिरामी बढेको दोलखा जिल्ला अस्पतालले जनाएको छ ।
मौसमी रुघाखोकीका बिरामीको चाँप ह्वातै बढेकाले सो अस्पतालमा अहिले दैनिक १०० को हाराहारीमा बिरामी उपचार गराउन आउने गरेका हुन् ।
रुघाखोकीका दैनिक आउने १०० बिरामीमध्ये २० बालबालिकामा मौसमी रुघाखोकी रहेको पाइएको डा विनोद केसी बताउनुहुन्छ ।
हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने मौसमी रुघाखोकी बालबालिकालगायत वयस्क र वृद्धवृद्धामा पनि उस्तै छ । दैनिकजसो रुघाखोकीको बिरामी बढे पनि अस्पतालमा प्रर्याप्त औषधि रहेको उहाँको भनाइ छ ।
भदौ ७ गते ।