शिल्पा पोखरेलले छवि ओझासँग विवाह गर्ने

Shilpa Pokhrel 3काठमाडौ। नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझा वीचको चर्चा–परिचर्चाले नेपाली फिल्मलाइनको माहोल तातिएको छ। केही महिनाअघि मात्र कानूनी रुपमा निर्माता ओझाले नायिका रेखा थापासँग डिभोर्स गरेका थिए।

Shilpa Pokhrel 2

डिभोर्स पश्चात ओझालाई चौथो विवाह गर्ने मार्ग खुलेको थियो। ओझा यो बर्षको दशैंको दिन विवाहको टिकोटालो गर्ने मूडमा देखिएका छन्। त्यसको अन्तिम तयारी ओझाले गरिपनि सकेका छन्। तर, ओझाको चौथो पत्नी बन्ने भाग्यवान को होला भनेर सवैको मनमा खुल्दुली पैदा भैरहेको छ। यो खुल्दुली माझ शिल्पा ओझासंग विवाह गर्न राजी भएको स्वीकारोक्तीपूर्ण अन्तरवार्ता प्रकाशमा आएपछि ओझाले विवाह गर्ने भाग्यवान शिल्पा नै भएको पुष्टि भएको छ।

शिल्पालाई नेपाली चलचित्र उद्योगमा नायिका बनाउन अत्यन्त मेहनत गर्दैआएका ओझाले शिल्पाको लागि नै दुई चलचित्र लज्जा र हवल्दार सुन्तली निर्माण गरेका थिए। यी दुई चलचित्रवाट शिल्पा नेपाली चलचित्र उद्योगमा स्थापित बनेकी थिइन्।

Shilpa Pokhrel with Chhabi Ojha

यसअघि नायिका रेखा थापालाई पनि त्यसरी चलचित्र बनाएर हिट बनाएका ओझा र रेखा थापा वीचको दाम्पत्य जीवन दश बर्षभन्दा लामो समय टिकेन। नटिक्नुको पछाडि ओझाले बच्चा पाउन त भन्दा रेखा राजी नहुनु र रेखालाई आमा बन्ने रहर पैदा हुंदा ओझाको मन मर्नु प्रमुख समस्याले दुवै वीचको संवन्धमा दरार उत्पन्न भएको बताइन्छ। अव शिल्पाको मामिलामा त्यसो नहोला कि भन्ने अडकलबाजी गर्नेहरुको कमी भने देखिदैन।
प्रकाशन मिति–२०७३ साल भदौ ८ गते बुधवार।