आर्थिक कूटनीति सुदृढ बनाउन राष्ट्रपति भण्डारीको आह्वान

maitrinews

 

In this photograph released by the Nepalese Ministry of Information and Communication Department of Information on March 20, 2016, Britain's Prince Harry (L) and Nepalese President Bidhya Devi Bhandari pose for a photograph in Kathmandu. Britain's Prince Harry is on a five-day visit to Nepal, as the country recovers from a devastating earthquake last year, to meet quake survivors and Gurkha soldiers. / AFP PHOTO / NEPAL DOI /
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सर्वोपरि हितलाई केन्द्रमा राखेर मुलुकको राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभएकोे छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत कूटनीतिक सेवाका शाखा अधिकृतसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक शिष्टाचार भेटमा उहाँले सार्वजनिक सेवाका सबै निकायले सेवा भावले जनताका काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय स्वाभिमानलाई शिरमा राखेर उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न र कूटनीति क्षेत्रलाई सबल एवम् सक्षम बनाउन दत्तचित्त भएर लाग्न तालिमका सहभागीलाई निर्देशन दिनुभयो ।
जनमुखी निजामती प्रशासन नारामा होइन व्यवहारमा उतार्नु आजको आवश्यकता भएको राष्ट्रपतिले बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा।पन्नाकाजी अमात्यले प्रतिष्ठानको परिचय प्रस्तुत गर्दै अधिकृतहरुलाई प्रदान गरिएको सेवाकालीन प्रशिक्षणका विषयवस्तुबारे जानकारी गराउनुभयो ।

तीनमहिने उक्त तालिममा कूटनीतिक सेवाका ११ जना अधिकृत सहभागी थिए ।

भदौ ८ गते ।