राजेश हमाललाई क्यापिटल अवार्ड

maitrinews

Rajesh-Hamal-Capital-Awarded-1

काठमाडौ। नेपाली पपस्टार राजेश हमाल क्यापिटल अवार्डवाट अवार्डेट बनेका छन्। विगत दुई दशक देखि नेपाली गीत–संगीतको क्षेत्रमा विशेष योगदान दिएका गायक हमालको उच्च–मूल्याँकन गर्दै आयोजक क्यापिटल इभेन्टले हमाललाई उक्त अवार्ड प्रदान गरिएको हो।

Rajesh-Hamal-Capital-Awarded-2

मंगलवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भव्य सांस्कृतिक कार्यक्रम सहितको अवार्ड कार्यक्रममा हमाल अवार्डेट बनेका हुन्। अवार्डवाट निक्कै हौसिएका हमालले यस अवार्डवाट अझ आफूमा गहन जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका छन्।

Rajesh-Hamal-Capital-Awarded-3

दर्जनौ सम्मान तथा अवार्ड पाइसकेका गायक हमालले प्रत्येक अवार्डले स्रष्टालाई थप ऊर्जा तथा हौसला प्रदान गर्ने गरेको आफूले महशुश गरेको समेत भनेका छन्। हमाल सहित सोही अवार्डवाट पुराना रंगकर्मी अभिनेता राजु हमाल, गायक तिलकबम मल्ल लगायतका स्रष्टाहरु सम्मानित बनेका थिए।

प्रकाशन मिति–२०७३ साल भदौ १५ गते बुधवार ।