अदिती बुढाथोकीको पारिश्रमिक २० लाख

Aditi Budhathoki 9

काठमाडौ। सुवास इन्टरटेन्टमेन्टको व्यानर तथा द सुपर काजोल फिल्मसको प्रस्तुति रहने चलचित्र कृ मा सामाजिक सञ्जालहरुमा एकाएक निक्कै खोजीको विषय बनेकी अदिती बुढाथोकी छनौट भएकी छन्। भारतको मुम्वई फिल्म नगरीमा समेत हाल संघर्षरत अदितीलाई २० लाख पारिश्रमिक दिने संझौता गरेर निर्माण पक्षले नायिकामा लिएको खुलासा भएको छ।

Aditi Budhathoki 1

सुपरस्टार नायक भुवन केसी र सुवास गिरी निर्माता रहेको चलचित्र कृ मा अदितीको नायक अनमोल केसी हुने भएको छ। हाल मुम्वईमा रहेकी अदितीलाई निर्माण पक्षले नगद २ लाख साइनिङ्ग एमाउण्ट दिइसकेको छ। यही आउने माघ महिनावाट छायाँकन प्रारम्भ गरिने भनिएको चलचित्र कृ को निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन्। पौडेलले यसअघि चलचित्र आभाषको निर्देशन गरिसकेका छन्।

 

पूर्वी नेपालको झापा दमककी अदितीले भारतको चर्चित म्युजिक कंपनी सोनी म्युजिकवाट बन्न लागेको तीनवटा म्युजिक भिडियोमा काम गर्नको लागि संझौता गरिसकेकी छन्। त्यसैगरेर भारतकै एक चर्चित टेलिभिजनको कार्यक्रम प्रस्तोता बनेर काम गर्नको लागि पनि पक्का–पक्की भैसकेको अदितीले बताएकी छन्। सुपरस्टार नायक भुवन केसीले पहिलो पल्ट निर्देशन गरेको चलचित्र ड्रिम्समा पनि नायिकामा अफर गरिएतापनि त्यो बेला अदितीले समय मिलाउन नसकेर नखेलेको बुझिएको छ।

ADITI 4

प्रकाशन मिति–२०७३ साल भदौ १५ गते बुधवार ।