स्लिम रुपा उपाध्याय मोटाउनुको रहस्य

काठमाडौ। दिवंगत पञ्चायतकालिन परराष्ट्रमन्त्री शैलेन्द्र कुमार उपाध्यायकी छोरी भनिएकी अभिनेत्री रुपा उपाध्यायले नेपाल चलचित्रमा अभिनय नगरेको १० बर्ष पुगिसकेको छ। नेपाली चलचित्र क्षेत्रवाट टाढै रहेर अमेरिकाको बोस्टर्नमा बसोबास गर्दैआएकी अभिनेत्री उपाध्यायको चर्चा भने, सेलाएको छैन्।
दुई नेपाली चलचित्र र दर्जनौ गीतका भिडियोको अलावा केही विज्ञापनहरुमा मोडलिङ्ग समेत गरेकी अभिनेत्री उपाध्याय केही समयअघि नेपाल आएकी थिइन्। नेपाल आउंदा पहिला भन्दा अलि अस्वभाविक रुपमा मोटाएकी थिइन्।
पहिला स्लिम अभिनेत्री उपाध्याय एकाएक मोटाउनुको पछाडि अमेरिकाको बसाई तथा त्यहाँको हाइजेनिक खानाको कारण भनिएको छ। पहिला अलिकति मात्र मोटाउंदा पनि आतिने उपाध्याय हाल मोटाएकीमा दंग देखिएकी छन्। मोटोपनामा नै उनी अझ ग्ल्यामर्स देखिएकी छन्। त्यसले गर्दा पनि मोटायो भनेर उनले चिन्ता लिएकी छैनन्।
प्रकाशन मिति–२०७३ साल भदौ १७ गते शुक्रबार ।