डिमा म्याराथनको तयारी अन्तिम चरणमा

marathon
काठमाडौँ । डिमा एकेडेमीले शान्ति र संस्कृतिको संरक्षणमा क्रियाशील सामाजिक संस्था प्याक नेपालको सहकार्यमा बाढीपीडितको सहयोगार्थ डिमा म्याराथन गर्ने भएको छ । आउँदो असोज १ गते हुने डिमा म्याराथुन– २०७३ नामको दौड प्रतिगितामा जो कोहीले पनि रु पाँच सय तिरेर भाग लिन पाउँनेछन् । विद्यार्थीका लागि भने दुई सय रुपैया छुट गरिएको डिमा एकेडेमीका अध्यक्ष प्रितम् खड्काले जानकारी दिनुभयो ।
दौड प्रतियोगितामा ५ कलिोमिटर र १० किलोमिटर दूरी गरी दुई विधा रहेको छ । ५ कि।मि। दौड प्रतियोगिता प्रज्ञा प्रतिष्ठानको एकेडेमी हल कमलादीदेखि जय नेपाल हल, नाग पोखरी, उत्तर ढोका, लैन चौर, केशर महल, जमल, पुरानो बसपार्क, भृकुटी मण्डप, पद्मोदय मोड, पुतली सडक हुँदै कमलादी एकेडेमी हलमा टुङ्गिने छ । यस्तै १० कि।मि। दौड प्रतियोगिता एकेडेमी हल कमलादीदेखि जय नेपाल हल, नाग पोखरी, उत्तर ढोका, लैन चौर, केशर महल, जमल, पुरानो बसपार्क, भद्रकाली मन्दीर, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, बिजुली बजार, प्रभु बैँक, हनुमानस्थान, अनाम नगर, न्युप्लाजा, पुतली सडक हुँदै कमलादी एकेडेमी हलमा टुङ्गिने छ ।
विगत चार वर्षदेखि दौड प्रतियोगिता गर्दै त्यसबाट उठेको रकम प्राकृतिक प्रकोप पीडितलाई सहयोग गर्दै आएको एकेडेमीले यसपटकको रकम बाढीपीडितलाई दिने भएको हो ।
भदौ २९ गते ।