गायक सुनिल बर्देवाको दुःखद निधन

sunil-bardewa-1

काठमाडौ। गएराति मंगलवार काठमाडौको महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा नेपालका होनहार गायक एवम् संगीतकार सुनिल बर्देवाको उपचारको क्रममा दुःखद निधन भएको छ। गत एक बर्षयता कलेजो रोगको विरामी उपचारको लागि मंगलवार विहान मात्र उपचारको लागि टिचिङ्ग अस्पतालमा भर्ना भएका गायक बर्देवाको राति निधन भएको हो।

अपत्यारिलो तरीकाले निधन भएका सयौं नेपाली गीतका गायका तथा संगीतकार बर्देवा युवाहरुमाझ अत्यन्त लोकप्रिय गायक तथा संगीतकार भन्दा पनि गितारिष्टकको रुपमा चिनिएका छन्।

४२ बर्षिय गायक बर्देवाको अत्यन्त लोकप्रिय गीत गोरेटो अनि उस्तै गल्ली तिमी कतै बदलियौ कि हो। जुन गीतले बर्देवालाई देश–विदेशमा चिनाएका छन्।

गत बर्ष गायक बर्देवाको पत्नीको दुःखद निधन भएपश्चात उनमा मानसिक पीडा थपिएको थियो। पत्नीको देहान्त पछि निक्कै नै विछिप्त बन्दैआएका बर्देवाका दुई सन्तान रहेका छन्।

sunil-bardewa-2
प्रकाशन मिति–२०७३ साल भदौ २९ गते बुधवार ।