एकैचोटी धेरै खाना खानुको बेफाइदा

maitrinews

काठमाडौ। खान पाइयो भनेर एकैचोटी धेरै खाना खानु स्वास्थ्यको दृष्टिकोणले अत्यन्त हानिकारक मानिन्छ। धेरै खाना खानेलाई असमयमा नै अनेकन रोग लाग्ने गरेको पाइएको छ। थोरै खाने तर टाइममा खाने बानीको विकास भएमा स्वास्थ्यको दृष्टिकोणले निक्कै लाभदायिक मानिएको छ। धेरै खाना एकैचाटी खाँदा निम्न प्रकारका समस्या आउने गर्दछ।

fat-woman-eating1

हिक्क हिक्क आउँछ
जब खानास्वादिलो हुन्छ, खाने मात्रा धेरै हुन्छ । खान हतार पनि हुन्छ । छिटोछिटो खाने शैलीले मुखभित्र बढी हावा छिर्छ । त्यसपछि तपाईंलाई हिक्क हिक्क लाग्न थाल्छ । कुनै बेला निकै डकार आउँछ ।

fat-woman-eating-3
फोक्सोलाई भार
फुकेको भुँडीले तपाईको फोक्सोलाई बढी भार दिन्छ, ताकि तपाईंमा स्वाँस्वाँ बढ्छ । यसले श्वास फेर्न गाह्रो पर्छ । तसर्थ ठूलो भाग खानुअगाडि धेरैपटक सोच्नुहोस् । श्वासै फेर्न नसकेर या उकुसमुकुस भएर अस्पताल नै जानुपर्ला ।

अल्छी लाग्छ
अत्यधिक खाँदा हाई आउने र अल्छी लाग्ने हुन्छ । पेटभित्र खान पचाउने तापमानलाई बढी समय कार्य गर्नुपर्ने हुन्छ । थप खाना पचाउन निश्चय नै शरीरलाई बढी ताप चाहिन्छ । पाचन प्रणालीलाई सघाउन तपाईंको रगत दिमागबाट बाहिर जान्छ । दिमागमा रगतको अभाव हुँदा फुर्तिलो बन्न गाह्रो हुन्छ र जतिखेर पनि उङ्ने समस्या हुन्छ । अत्यधिक खानाको प्रभावले निद्रा लाग्ने हर्मोन (मेलाटोनिन) उत्पादनमा समस्या पर्छ । चिनी र कार्बोहाइड्रेडयुक्त खानाले शरीरमा सुगरको मात्रा बढाउँछ ।

fat-woman-eating-2
तौल बढ्छ
बढी खानेकुरा खाँदा अनावश्यक रुपमा तौल बढ्छ । मानिस सानो उमेरमै मोटोपनको सिकार बन्छ । मोटोपनका कारण डायबिटिज, मुटुका रोग, हाइपरटेन्सन र स्ट्रोकको खतरा हुन्छ । मोटोपन हुनु भनेको मृत्युको अर्को कारण पनि हो । हरेक वर्ष २८ लाख युवाको मोटोपनका कारण वर्षेनी मृत्यु भइरहेको छ ।

पचाउन गाह्रो
खाएको खानेकुरा केही मिनेटदेखि धेरै घन्टासम्म पेटमै रहन्छ । तर, त्यो खानाको परिणाममा निर्भर पर्छ । ठिक्क परिणामको खाना खाँदा पेटबाट रित्तिन करिब दुईदेखि तीन घन्टा लाग्छ । त्यस्तै उच्च चिल्लो पर्दाथयुक्त खाना खादा ६ देखि ८ घन्टा लाग्छ ।

शरीरका अंगमा हानि
बढी खादा पेट, ब्लाडर, लिभर, मिर्गौला, मुटुलगायत शरीरका अंगमा हानि हुन्छ । धेरै खानेकुरा खाँदा शरीरका विभिन्न अंगलाई पचाउनदेखि अन्य कार्य गर्न थप परिश्रम गर्नुपर्छ । तसर्थ आजैदेखि धेरै खान छाड्नुहोस् र रोगमुक्त हुनुहोस् ।
एजेन्सी
प्रकाशन मिति–२०७३ साल भदौ २९ गते बुधवार ।