सन्दीप सेनगुप्ताको अनिरुद्धमा मेरो नेपाल

sandeep-sen-gupta-2काठमाडौ। गायक सन्दीप सेनगुप्ताले गाएको नेपाली गीत हाल निक्कै चर्चाको विषय बन्दैगएको छ। मेरो नेपाल बोलको उक्त गीतमा नेपाल छाडेर परदेशिएका नेपालीको कथा रहेको छ।

त्यसमा परदेशको पीडा प्रष्ट रुपमा उल्लेख छ। नेपालका चर्चित संगीतकार अनिल शाहीको शव्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियो पनि अत्यन्त राम्रो भएको नेपालका प्रथम भाँग्रा गीतका गायक गोपाल श्रेष्ठले भनेका छन्।

sandeep-sen-gupta-1

यस गीतको म्युजिक भिडियो तयार पार्नमा राज बर्माको पनि विशेष सहयोग रहेको गायक सन्दीप सेनगुप्ताले बताएका छन्। यही असोज ८ गते शनिवार रिलिज हुन गैरहेको गायक सन्दीप सेनगुप्ताको पहिलो गीति–एल्वम अनिरुद्धमा उक्त गीत संग्रहित रहेको छ।

sandeep-sen-gupta-1

जसमा ६ वटा गीतहरुको संग्रह रहेको छ। अनिल शाहीको एकल संगीत तथा गायक सेनगुप्ताको एकल गायन रहेको छ। एक गीतको शव्द रचना भाँग्रा गायक गोपाल श्रेष्ठको रहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २९ गते बुधवार ।