ब्राजिलका पूर्वराष्ट्रपति सिल्भामाथि अर्बौं डलर भ्रष्टाचार गरेको आरोप

lula

ब्राजिल । ब्रजिलका अभियोजनकर्ताले पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भालाई सरकारी तेल कम्पनीको भ्रष्टाचारको नाइके भएको अभियोग लगाएका छन्।
उहाँ तथा उहाँकी पत्नीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरिएको छ।
पेट्रोबास कम्पनीमा भएको भनिएको अर्बौं डलर बराबरको विशाल भ्रष्टाचारको काण्ड सम्बन्धमा दायर उक्त मुद्दामा पूर्व राष्ट्रपति लुला तथा पत्नीमाथि सो काण्डबाट व्यक्तिगत सम्पत्ति जोडेको पैसा कमाएको तथा समुद्री तटमा घर बनाएको उल्लेख छ।
एक संघीय अभियोजनकर्ताले उक्त काण्ड व्यक्तिगत सम्पत्ति जोड्नेमा मात्र सीमित नभएको भन्दै लुलाले एक व्यापक घूसखोरी प्रणालीको नेतृत्व गरेर पेट्रोबासबाट ठूलो मात्रामा पैसा आफ्नो वर्कर्स पार्टिको खातामा सारेको बताएका छन्।
लुलाले यी आरोपको निरन्तर खण्डन गर्दै आउनुभएको छ ।
ती सबै आरोप राजनीतिक रुपमा प्रेरित तथा आफ्नो पार्टिविरुद्ध लक्षित भएको उहाँले दावी गर्नुभयो ।

भदौ ३० गते ।