हलिउड तथा बलिउडमा नायिका क्षितिजा शाक्यको बुटिक डिजाइन

maitrinews

kshitiza-shakya-1

काठमाडौ। नेपालकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्य बुटिककै डिजाइन तथा यसको मार्केटिङ्गमा नै अत्यन्त व्यस्त बनेकी छन्। काठमाडौको न्यूरोडमा क्षितिजाज बुटिक क्रियशनको विस्तार गरेर विगत पाँच बर्षदेखि यसै पेशालाई मूल पेशा बनाएर अगाडि बढिरहेकी क्षितिजाले क्रियसन गरेका डिजाइनहरुले देश देखि विदेशसम्म लोकप्रियता हासिल गर्न थालेको छ।

kshitiza-shakya-4

विशेषत विदेशवाट आएको अर्डरहरुको डिजाइन गर्नमा व्यस्त बनेकी क्षितिजाले क्रियसन गरेको नेपाली पोशाक लगाएर नेपाल मोडल दीपक घिमिरेले  हालै हलिउडमा क्याटवाक गर्दा त्यसको बेग्लै परिचय तथा पहिचान एवम् गौरबता बढ्ेको छ। त्यसैगरेर भारतीय मोडल तथा फिल्म अभिनेता दीपक आनन्दको लागि पहिरनको डिजाइन पनि क्षितिजाले गरिदिएर तहल्का मच्चाएकी छन्।

kshitiza-shakya-3हाल अमेरिकामा नै रहेकी नेपाली चलचित्रकी ख्यातिप्राप्त अभिनेत्री कृष्टि मैनालीको पहिरनको डिजाइन गरेर हालै त्यहाँ पठाउने कार्य उनीवाट भएको छ। अर्कोतर्फ नेपालका बरिष्ठ अभिनेता शिव श्रेष्ठ शुटको डिजाइन पनि गरिदिएकी छन्। क्षितिजाको डिजाइनलाई अभिनेता श्रेष्ठले पनि अत्यन्त रुचाएको पाइएको छ। नेपालमा बसेर विदेशमा रहेका स्वदेशी तथा विदेशी सेलिब्रेटी देखि विजनेश पर्सनहरुको डिजाइन गर्न पाउंदा र उनीहरुको धमाधम अर्डर पाउंदा क्षितिजा निक्कै हौसिएकी छन्। बुटिक व्यवसायलाई क्रमिक रुपमा विदेशमा समेत विस्तार गरेर लैजाने सोच उनले बनाएकी छन्।

प्रकाशन मिति–२०७३ साल असोज २ गते आइतवार ।