प्रचण्डलाई ओलीले भन्नुभयो– ‘एमाले सिमलको भूवा होइन, जे निर्णय गर्छ सही गर्छ’

CPN-UML Chairman KP Sharma Oli presents his nomination to the prime ministerial election, at the Parliament meeting in Kathmandu, on Sunday, October 11, 2015. Photo: RSS
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्रीप्रति निकै आक्रमक बन्नुभएको छ । एमाले मुख्यालय धुम्वाराहीमा बुधबारबाट सुरु एमालेको सातौँ केन्द्रीय कमिटीे बैठकको उद्घाटन गर्दै ओली माओवादीप्रति आक्रमक बन्नुभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री समेत रहनु भएको प्रचण्डप्रति संकेत गर्दै एमाले सिमलको भुवा नभएको भन्दै कमजोर नठान्न सुझाव दिनुभयो ।
‘नेकपा (एमाले) सिमलको भुवा जस्तो जता हावा आयो उतै उड्ने पार्टी होइन,’ उहाँले भन्नुभयो, ‘एमाले संविधान बनाएको पार्टी हो, यो पार्टीले जे निर्णय गर्छ सोचेर गर्छ ।’
उहाँले वर्तमान प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशको बेइज्जत गरेको पनि टिप्पणी गर्नुभयो । प्रचण्डले देशको शीर झुक्ने गरी भारतसँग सम्झौता गरेको उहाँको ठहर छ । उहाँले एउटा छिमेकी देशको प्रधानमन्त्रीले अर्को छिमेकी देशमा गएर आफ्नो देशका पार्टीहरुको आलोचना गर्नुु कूटनीति विपरीत भएको पनि दाबी दाबी गर्नुभयो । आजबाट जारी बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, स्थानीय निकायको पुर्नसंरचना, पार्टी प्रवेशको व्यवस्थापन, प्रदेश कमिटी, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको मनोनयन, केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटीको निर्णयहरुको अनुमोदन र केन्द्रीय आयोगका प्तिवेदनका बारेमा पनि छलफललगायतका आठ वटा एजेण्डा तय गरेको छ ।

असोज ५ गते ।