प्रचण्डको भारत भ्रमणमा जारी संयुक्त वक्तव्य नेपालको राष्ट्रिय हित विपरीत : भट्टराई

baburam2

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यप्रति आपत्ति जनाउनुभएको छ ।
सम्झौताका कतिपय विषय नेपालको राष्ट्रिय हित विपरित भएको नयाँ शक्ति नेपालले जनाएको छ । प्रधानमन्त्री भरत जानु अघि भट्टराईले १० बुुँदे सुझाव दिनुभएको थियो । तर, भ्रमणका क्रममा त्यसबारे कुनै पहल नहुनु खेदजनक भएको बताउनुभएको छ ।
नयाँ शक्ति नेपालले संविधान संशोधन तथा कार्यान्वयन आन्तरिक मामिला भएको भन्दै उसलाई अन्तराष्ट्रियकरण गरेको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड र मोदीले जारी गरेको संयुक्त वक्तव्यको बुँदा नम्बर १० मा संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता बढाउने नेपाल सरकारको प्रयासलाई भारतले स्वागत गर्ने उल्लेख छ । नयाँ शक्तिले यसप्रति आपत्ति जनाएको छ र यो अवाञ्छनीय र गलत भएको बताएको छ ।
प्रचण्डले नेपाल सरकारको हैसियत भारतीय दुतावास सरह बनाएको भन्दै डा. भट्टराईले त्यसको निन्दा गर्नुभएको छ ।

असोज ६ गते ।