माओवादी छिमेकी मुलुकको बुई चढेर राष्ट्रिय हितविपरीत काम गर्न खोज्दै छः माधव नेपाल

maitrinews

mk-nepal
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले २००६ सालदेखि नेपालको राजनीतिमा भारतले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । नेकपा एमाले दाङको १२ औँ जिल्ला अधिवशनको उदघाटन समारोहलाई दाङमा सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाउनु भएको हो । उहाँले यस्तो भारतले २००६ सालदेखि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिहेको भन्दै आफ्नो देशको समस्या समाधान गर्न आफैं सक्षम भएको पनि उल्लेख गर्नुभयो । उहाँले कांग्रेस र माओवादीले भारतको दवावमा अंगिकृत नागरिकता लिएकालाई राष्ट्र प्रमुख बन्न पाउने गरी संविधान संशोधनको तयारी गरेको भन्दै एमाले त्यसमा तयार नहुने प्रष्ट पार्नुभयो । जंगलको माओवादीलाई एमालेले सिंहदरबार छिराएको दाबी गदैं उहाँले अहिले माओवादी छिमेकी मुलुकको बुई चढेर राष्ट्रिय हित विपरीत काम गर्न खोजेको पनि आरोप लगाउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष युवाराज ज्ञवालीले पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउन एमाले लागिरहेको बताउनुभयो । उपमहासचिव विष्णु पौडेलले एमालेले पाँच वर्ष स्थायी सरकार चलाउन पाए देशले काँचुली फेर्ने बताउनुभयो ।
स्थायी कमिटी सदस्य शंकर पोखरेलले देश र जनातका पक्षमा काम गर्न सक्ने पार्टी एमाले मात्रै भएको दाबी गर्दै मधेसका जायज माग पूरा गर्न एमाले तयार भएको बताउनुभयो ।

असोज १३ गते ।