राज्यकोष दुरुपयोगलाई रोक्न आग्रह – अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले संविधान पूर्ण कार्यान्वयनका लागि मुलुकमा निर्धारित समयमा तीन तहका निर्वाचन गराउन आवश्यक रहेको बताउनुभएको छ ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले दसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा पछिल्लो समयमा संविधान कार्यान्वयनमा चुनौती देखा परेको बताउनुभयो ।
मुलुकमा विद्यमान समस्या समाधानका लागि दलकाबीचमा सहमतिको खाँचो रहेको बताउँँदै उहाँले मुलुकमा बसोबास गर्ने सबै जाति तथा समुदायका फरकफरक पर्व तथा संस्कृतिको महत्व रहेको औँल्याउनुभयो ।
आपूर्तिमन्त्री दीपक बोहराले उपभोक्तालाई सेवा सुविधा पु¥याउन बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव गराउने तथा अनियमितता गर्ने व्यवसायीलाई दण्डित गर्ने नीति लिइएको जानकारी गराउनुभयो । भूमिसूधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले दसँैलगायत पर्वले सामाजिक सद्भाव साट्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्गठनका सल्लाहकार विजयकला राईले विभिन्न जातिका संस्कृति तथा रीतिरिवाजलाई एकअर्काले सम्मान गर्ने संस्कृतिले नेपालीको एकता र राष्ट्रियतालाई बलियो बनाउने धारणा राख्नु भयो ।
राज्यकोष दुरुपयोगलाई रोक्न आग्रह
मानवअधिकार तथा शान्ति समाजले विगतको हिंसात्मक द्वन्द्वसँग सम्बन्धित ‘माओवादी आबद्धलाई रु १६ अर्ब भन्दा बढी रकम राज्य कोषबाट वितरण गर्ने कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहालले अघि सारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका सभापति गङ्गाधर अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा सो विषयमा सत्यतथ्य स्पष्ट गर्न प्रधानमन्त्री दाहाल र सरकारलाई माग गर्दै सम्भावित राज्यकोष दुरुपयोगलाई रोक्न आवश्यक कदम चाल्न सांसदहरुलाई समेत आग्रह गरिएको छ ।