हिन्दीलाई सरकारी भाषा बनाइए मुलुककै निम्ति दुर्भाग्य : शेखर कोइराला

तनहुँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले हिन्दी भाषालाई सरकारी कामकाजी भाषा बनाईए त्यो मुलुककै निम्ति दुर्भाग्य हुने बताउनुभएको छ ।
हिन्दीलाई सरकारी भाषा बनाइए कुनै पनि नेपालीलाई सह्य र मान्य नहुने उहाँको भनाई थियो ।
तनहुँको डूम्रेमा नेपाली कांग्रेस क्षेत्र नं १ को कार्यालयमा कार्यकर्ताहरूसँग कुरा गर्दै उनले पार्टीभित्र गूटको राजनिती गर्नेहरू छिट्टै समाप्त हूने बताउँदै गूटको राजनितीमा रमाउनेहरूले लामो राजनितिक यात्रा गर्न नसक्ने बताउनुभयो ।
गूटको राजनिती गर्नेहरूको पछी नलाग्न कार्यकर्तालाई आग्रह गर्दै उहाँल भन्नुभयो, ‘गूट र भागबण्डामा रमाउनेहरूको आफ्नै भविष्य निश्चित छैन भने उनीहरूले कसरी तपाँईहरूको संरक्षण गर्न सक्छ ? त्यसकारण गूटभन्दा माथी उठेर नेपाली काँग्रेस बन्ने बाटोमा लाग्नूहोस।’
सो क्रममा उहाँले स्थानिय निर्बाचनका लागी तयारी अवस्थामा रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
असोज १८ गते ।