हवाई आक्रमणमा आठ बालबालिकासहित एकै परिवारका १४ जना मारिए

maitrinews

aleppo
सिरिया । सिरियामा विद्रोही नियन्त्रित पूर्वी अलेप्पो शहरमाथि हवाइ हमला गरिंदा एकै परिवारका १४ जना मारिएको स्वयंसेवक उद्धारकर्ताहरुले बताएकाछन्।
मृतक मध्ये ८ जना बालबालिका र २ जना महिला रहेको व्हाइट हेल्मेट्स नामक नागरिक सुरक्षा फौजले जनाएको छ।
रुसी लडाकु विमानको हमलापछि सोमबार अल(मार्जा क्षेत्रमा उक्त परिवारको मृत्यु भएको सिरियाको नागरिक सुरक्षा फौज व्हाइट हेल्मेट्सले जनायो।
आइतबार अल(कतर्जी जिल्लाको एउटा आवास भवनमाथि आक्रमण हुँदा २५ जना मारिएको उक्त समूहले बतायो।
उद्धारकर्ताहरुले क्रेनको मद्दतले एकजना १२ वर्षीय बालकलाई एउटा भवनको माथिल्लो तलाबाट बाहिर निकालेको एएफपीसमाचार संस्थाले जनाएको छ।
२ लाख ७५ हजार वासिन्दा रहेको उक्त शहरको घेराबन्दीमा परेका क्षेत्रमा सहायता सामग्री लैजान र नागरिकहरुलाई बाहिर निस्कन दिनका लागि ७२ घण्टाको युद्धविराम अत्यन्त आवश्यक भएको सहायता संस्थाहरु बताउँछन्।
गत महिना तय गरिएको एउटा युद्धविराम केही दिनमै भंग भएको थियो।
त्यसेबलादेखि रुसको समर्थनसहित सिरियाली सेनाले अलेप्पो शहरमाथि आक्रमण गरिरहेका छन्।
कात्तिक २ गते ।