मेनुका राईको तेश्रो एल्वम लाइफको तहल्का ( म्युजिक भिडियो सहित)

काठमाडौ। नेपालकी चर्चित गायिका मेनुका राईको तेश्रो गीति–एल्वम लाइफ सार्वजनिक भएको छ। यसअघि माया आहारिसे तथा १,२, ३ नामक दुई एल्वम निकालिसकेकी गायिका राईको यो तेश्रो गीति–एल्वम हो।जसमा गायिका राईका सुमधुर आठ गीत रहेका छन्। ती गीतहरु मध्ये हे प्यारा प्यारा बोलको गीत तथा म्युजिक भिडियो हाल निक्कै चर्चामा रहेको पाइएको छ। 

menuka-rai

सवैखाले गीत गाउनमा उतिकै सफल मानिएकी गायिका राईको जन्म खोटाङ्गमा भएको हो। सानैदेखि गीत गाउन भनेपछि अत्यन्त हुरुक्क बन्ने गरेकी गायिका राई एसएलसी पछि उच्चशिक्षा अध्ययनको क्रममा काठमाडौ आएपछि सानो बेलाको त्यो रहरलाग्दो गायनको रहरलाई पूरा गर्न सफलता पाएकी हुन्।

आरआर क्याम्पसमा संगीत विषय नै लिएर उच्चशिक्षा अध्ययन गर्न थालेपछि उनीभित्रको त्यो रहरले क्रमिक रुपमा सफलता पाउंदै गरेको उनी आफैले भनेकी छन्। काठमाडौ आएको दुई बर्षपछि वि.सं. २०५६ सालमा रेडियो नेपालमा भ्वाइस टेष्ट पास गरेर रेडियो नेपालमा नै गीत गाउने मौका पाएकी थिइन्।

मौरी घुम्छ फूलको बोटैमा बोलको गीत रेडियो नेपालमा रेकर्ड गरिएको पहिलो गीत बनेको छ। यस गीतको रेकर्ड पश्चात उनको गायनले निरन्तरता पाउंदै गयो। माया आहारिसे, एक दुई तीन, मेरो जिन्दगीमा तिमी, विदेशको छाउनी लगायतका गीतले उनलाई गायनको क्षेत्रमा निक्कै माथि उकासिदै लग्यो।

menuka-rai-1

श्रीमान परशुराम तामाङ्गको साथ–सहयोग र प्रेरणाले गीत गायनमा अगाडि बढ्न थप प्रेरणा मिलेको उनले बताएकी छन्। पछिल्लो एल्बम लाइफको हे प्यारा प्यारा बोलको गीत छोटो अवधिमा नै हिट बनेकोमा उनी निक्कै उत्साहित देखिएकी छन्। भूपेन्द्र खड्काको शव्द रचना तथा राज्य राई देमिनको संगीत रहेको यस गीतको म्युजिक भिडियो पनि गजबै रहेको छ। जुन भिडियोको निर्देशन पासाङ्ग योञ्जन लामाले गरेका छन्।

आरआर क्याम्पस पढ्दा संगीतज्ञ शकुन्तला प्रधान र बेनी जंगम राउलवाट संगीतको ज्ञान हासिल गरेकी उनले पछि दीपक जंगम, गुरुदेव कामत, प्रकाश गुरुङ्ग र कैलाश राईसंग पनि गायनको प्रशिक्षण लिएकी हुन्। यसअर्थमा पनि उहाँहरु सवै मेरा आदरणिय गुरुवर्ग भएको सहर्ष भन्न उनी रुचाउंछिन्। उनले भारतको इलाहावाद विश्वविद्यालयको प्रयाग संगीत समितिवाट शास्त्रीय संगीतमा छैठौ बर्षको कोर्स पूरा गरिसकेकी छन्।

प्रकाशन मिति–२०७३ साल कात्तिक ५ गते शुक्रबार ।