७४ बर्षका अमिताभ बच्चनलाई भ्याइँनभ्याइँ

amitabh-bachchan-with-aishwarya-rai

काठमाडौ। बलिउडका महानायक अमिताभ बच्चन यो बर्षवाट ७४ बर्ष पुगेका छन्। ७४ बर्षको उमेरमा पनि अमिताभ बच्चन बलिउडका फिल्म तथा प्रोजेक्टहरुमा अत्यन्त व्यस्त बनिरहेका छन्। भारतीय समाचार एजेन्सीहरुका अनुसार अमिताभ बच्चनलाई आगामी डेढ बर्षसम्म फिल्मी कामवाट पटक्कै फुर्सद छैन्।

डेढ बर्षसम्मका लागि काम प्याक छन्। दैनिक लाखौ रकम कमाइरहेका अमिताभ बच्चन आफ्नो जिन्दगीवाट अत्यन्त खुशी देखिएका छन्। अमिताभ हाल फिल्म सरकार ३ को शुटिङ्गमा व्यस्त छन्। आउंदो फरवरी महिनामा नयाँ फिल्म ठगको शुटिङ्गमा व्यस्त हुने भएका छन्। फिल्मको काम वाहेक कौन बनेगा करोडपति र आज कि रात जिन्दगी जस्ता टीभी शोमा पनि अत्यन्त व्यस्त बनिरहेका छन्।

amitabh-bachchan-with-aishwarya-rai1
प्रकाशन मिति–२०७३ साल कात्तिक ५ गते शुक्रबार ।