रंगियो सिंउदोका स्रष्टा प्रकाश कुइँकेलको कथा

prakash-kuinkel-2

काठमाडौ । गीतकार प्रकाश कुइंकेल गीत लेख्दा आफू संसारभरको सवभन्दा दुःखी तथा खुशी संझेर लेख्ने गरेको खुलासा गरेका छन् । त्यसरी लेखेमा मात्र गीतले जीवन्तता तथा यथार्थता पाउने गरेको सुत्र पनि उनले पत्ता लगाएका छन्। 

prakash-kuinkel-3

ट्राजेडी गीतकार स्वर्गिय हरिभक्त कटुवालका गीत–रचनावाट निक्कै प्रभावित गीतकार कुइंकेलका धेरै गीतले जीवन्तता पाउन सकेको देखिदैनन् । जति गीतले जीवन्तता पाएका छन् । ती गीत गन्तव्य एल्वममा कुइंकेलको सांगीतिक जीवनको गन्तव्य नै वनेको छ।

गन्तव्य भित्रको कर्णदाशको स्वरमा रहेको रंगियो सिंउदो रातै भएर होस् या सपनाश्रीको आवाजमा रहेको गल्ती रहेछ माया या रामकृष्ण ढकालको गायन रहेको तिम्रै सामु मेरै चर्चा हुंदा वोलका गीतले गीतकार कुइंकेलको उचाईलाई थप्ने कार्य गरेको छ।

शान्त अनि शौम्य स्वभावका गीतकार कुइंकेल गीतमा संसारका सवै दुःख र सुख दुवै देख्छन् । गीतकार कुइँकेलको पछिल्लो गीत मृगतृष्णा भयो बोलको गीत अत्यन्त मार्मिक तथा कर्णप्रिय रहेको छ। जुन गीत कुइँकेलको बास्तविक जीवनको यथार्थ गीत नै बनेको मानिन्छ। जुन गीतलाई स्वरुपराज आचार्यले गाएका छन्। संगीत राजु सिंहको रहेको छ।