छक्का–पञ्जाकी निर्देशकको रमाइलो

deepa-shree-1

काठमाडौ। गौरबमय ५१ दिनको रेकर्ड राख्न सफल चलचित्र छक्का–पञ्जाकी निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला सहितको परिवारले छक्का–पञ्जाको रमाइलोमा स्वीमिङ्ग गरेका छन्।

deepa-shree-2

छठ पर्व मनाउनको लागि विराटनगर पु्गेकी अभिनेत्री निरौला प्राविधिक कारण छठी मैयाको ब्रत बस्न नमिलेपछि दिदीबहिनीसंग इटहरी पुगेकी थिइन्। सोमवार इटहरी पुगेकी अभिनेत्री दीपाश्री निरौला पाँच दिदीबहिनीका साथमा इटहरीको ओसिन पार्कमा रहेको स्वीमिङ्ग पुलमा मज्जाले स्वीमिङ्ग गरेर मुडफ्रेस गरेकी छन्।

deepa-shree-3

स्वास्थ्यको स्वीमिङ्ग अत्यन्त आवश्यक भएको बताउने अभिनेत्री निरौला स्वीमिङ्ग गर्नुको मज्जा नै बेग्लै हुने गरेको बताएकी छन्। इटहरीमा दिदीबहिनीका साथ दुई दिनको बसाई पश्चात सिक्किममा बुधवार हुन गैरहेको इनास फिल्म अवार्डमा भाग लिन इटहरीवाट सिक्किमतिर लागेको जानकारी दिएकी छन्।

deepa-shree-5

मैत्री न्यूजसंगको संक्षिप्त कुराकानीमा चलचित्र छक्का–पञ्जाको ५१ दिनको आधिकारिक अवार्ड दिन वाँकी रहेको र चाँडै उक्त कार्यक्रम हुने अभिनेत्री निरौलाले भनेकी छन्।

deepa-shree-5
प्रकाशन मिति–२०७३ साल कात्तिक २३ गते मंगलवार ।