अमला खानुको फाइदै फाइदा

काठमाडौ। खान जानेमा घरैमा प्राय प्रयोगमा आइरहने अमला पनि अचुक औषधि हो भन्ने कुरा कतिपयलाई थाहा नै छैन्। अमला भिटामिनको अत्यन्त राम्रो स्रोत पनि हो। तीन वटा सुन्तलामा भएको भिटामिन एउटै अमला खाँदा प्राप्त हुने गर्छ।

अमलामा विभिन्न रोग निदान गर्ने क्षमता हुन्छ। अमलाले युवाहरुमा यौन शक्ति प्रदान गर्नुको अलावा बृद्ध–बृद्धाहरुमा जोश–जाँगर बृद्धि गर्नमा मदत गर्ने गर्छन्। यसको लागि अमलालाई दैनिक जस्तो खानु आवश्यक हुन्छ। अमला खानुको फाइदा यस प्रकार रहेको छ–

aamala

– प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ।

– अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन।
–अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन।

– अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।

– दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन।
अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।

– दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
प्रकाशन मिति–२०७३ साल कात्तिक २३ गते मंगलवार ।