दर्पणछायाँ २ बन्दैछ दोब्बर कमाउने सुरमा
काठमाडौँ । ‘दर्पणछायाँ २’ले अघिल्लो चलचित्र भन्दा बढी कमाउला ? तर, यसका निर्देशक तुलसी घिमिरे भने ‘दर्पणछायाँ २’ले १२ करोड कमाउँछ भन्नेमा विश्वस्त देखिएका छन् ।
टिजर र गीत सार्वजनिक कार्यक्रममा तुलसीले भने दर्पणछायाँले ६ करोड कमाएको थियो । मलाई यति विश्वास छ कि, ‘दर्पणछायाँ २’ले यसको डबल कमाउँछ । भनेपछि, तुलसीको वुझाइमा उनको प्रतिक्षित चलचित्रले १२ करोड कमाउनेछ ।
पुष्पल, साहारा कार्की, श्रद्धा प्रसाई, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रको टिजरलाई म्यूजिकल बनाइएको छ ।
सवु कार्की र रवि कार्की यो चलचित्रका मुख्य निर्माता हुन् । अमेरिकामा बस्दै आएका यी दुइले नेपाली चलचित्रमा केहि गरौ भन्ने उद्देश्यले यो चलचित्र बनाएको बताए । फागुणको अन्तिम सातामा यो चलचित्र रिलिज हुनेछ ।