‘हाम्रो नेपाल हामी नेपाली’ विमोचित

 

काठमाडौँ । राष्ट्रियता झल्कने शव्द सृजनासगैँ सर्जक बैकुण्ठ महतको जन्मदिनको अवसरमा हाम्रो नेपाल हामी नेपाली बोलको राष्टिय भावनाको गीत हाम्रो नेपाल हामी नेपाली लोकार्पण भएको छ । बैकुन्ठ महतको शव्द तथा स्वर केशव पौडेलको सगींत र वैकुन्ठ महत र सरिता लामिछानेको मोडलिङ र प्रकाश भट्टको निर्देशनमा तयार पारिएको गीतको भिडियो समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रम पुर्व प्रधानमन्त्रीस् तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री ओलीले हरेक काम र योजनामा आँट, हिम्मत र देशभक्तिका साथ लाग्नुपर्ने वताउनुभयो । साथै आफ्नो प्रधानमन्त्रि कार्यकालमा वनाएका पानिजहाज लगायतका महत्वाकांक्षी योजनाका बारेमा जनतालाई बुझाउन नसकिएको वताउनुभयो । विमोचित गितको बारेमा वोल्दै देशमा भएका समस्या र चुनौतिहरुका बारेमा बोलेको गीतले यसलाई निराकरण गर्ने सन्देश पनी प्रस्तुत गरेको र प्रकृतिबाट हामीले सास फेरेझैँ गीतसगिंतप्रती पनी कृतज्ञ रहनुपर्ने विचार व्यक्त गर्नुभयो । लोकार्पण कार्यक्रम रेड एप्पल मिडिया प्रा लि अनामनगरले आयोजना गरेको थियो ।