भोजपुरबजारमा भीषण आगलागी,१५भन्दा बढी घर तथा पसल जलेर नष्ट

भोजपुर । ग्याँस पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । आगलागीमा १५ भन्दा बढी पसल तथा घर जलेर नष्ट भएका छन् ।
हिजो साँझ ५ बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्याँस पड्केपछि बजारमा आगो लागेको हो । १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा,नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयवासीले मध्यरातमा आगो निभाएका थिए । आगलागीबाट पसल तथा घरमा राखिएका ग्याँस सिलिन्डर पड्किन थालेपछि आगो अनियन्त्रित भएको थियो ।