अभिनेत्री नम्रता अब अन्तर्राष्ट्रिय मोडल

काठमाडौँ । यसै वर्ष वितरण गरिएको राष्ट्रिय चलचित्र पुरस्कारसहित अधिकांश चलचित्र एवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड जित्न सफल नम्रता श्रेष्ठको करियर अझ एक कदम अघि बढेको छ । आगामी साता नम्रताले आफ्नो नाममा अन्तर्राष्ट्रिय मोडलको ट्याग भिर्दैछिन् ।
अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय फेसन शो ‘फेसनमाडौं’ मा नम्रतालाई अन्तर्राष्ट्रिय मोडलका रूपमा शो‘–स्टपर बनाइएको छ । फेसन शोमा नेपालको प्रतिनिधित्व गर्दै उनी सिड्नीतर्फ लाग्दैछिन् ।
के गरिरा’ डटकमले आगामी शुक्रबार आयोजना गर्ने उक्त फेसन शोमा नम्रताले मिस अस्टे«लियाकी गुडविल एम्बेसडर एमी ब्रान्सग्रोभ, मिस अर्थ एयर–२०१५ की विजेता डायना ग्रागेडा, टप मोडल वल्र्डवाइड–२०१५ की फस्ट रनर्सअप साराह जेहान, मिसेस युनिभर्स अस्टे«लिया–२०१६ किम कान्सेलियर जस्ता अन्तर्राष्ट्रिय मोडलसँगै क्याटवाक गर्ने बताइएको छ ।