कलाकार जोशी र पौडेल बिहे बन्धनमा

वासिंटन डीसी । नेपाली चलचित्रका नायक सुधांशु जोशी तथा नायिका उषा पौडेलबीच हिन्दू परम्पराअनुसार विधिवत रुपमा विवाह सम्पन्न भएको छ।
केही वर्ष अगाडि मात्र अमेरिका आएकी उषा अर्की नायिका ऋचा घिमिरेको परिवारको साथमा रहेकी थिइन्। घिमिरे जोडीले विवाह सम्पन्न गर्न ठूलो सहयोग गरेको बताइएको छ।
वाहिक कार्यक्रममा अमेरिकामा विभिन्न राज्यहरुमा रहेका कलाकार, शुभ चिन्तक, आफन्त निम्तालु थिए।
केही वर्ष अगाडि मात्र अमेरिका आएकी उषा अर्की नायिका ऋचा घिमिरेको परिवारको साथमा रहेकी थिइन्। घिमिरे जोडीले विवाह सम्पन्न गर्न ठूलो सहयोग गरेको बताइएको छ।
वैवाहिक कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित हिन्दु जैन मन्दिरमा भएको थियो।