१२ बुँदे सहमति गरी २२ औँ दिनमा तोडियो डा. केसीको आमरण अनसन

 

काठमाडौँ । विगत २२ दिनदेखि अनशनरत प्राडा गोविन्द केसीको अनशन तोडिएको छ । महाभूकम्पमा आमा गुमाएका साढे दुई वर्षीय बालक मारसाङ तामाङको हातबाट जुस पिएर केसीले अनसन तोड्नु भएको हो

अनशन तोडेपछि केसीले नेता र सरकार अझै संवेदनशील नभएको आरोप लगाउनुभयो । उहाँले सञ्चारमाध्यम र नागरिक संवेदनशील भएर नै आफूले उठाएका माग पूरा भएको बताउनुभयो । ।
केसीको अनशन तोड्नुअघि सरकारी पक्षसँग आइतबार बिहान १२ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । सहमति पत्रमा सरकारका तर्फबाट शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र डा‌‍‍‍। केसीले हस्ताक्षर गर्नु भएको छ ।