यमनमा हिंसाका कारण आधाभन्दा बढी जनसंख्या भोकमरीको चपेटामा

यमन । यमनमा हिंसाको कारण बढ्दै गएको संकटप्रति अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गरिरहेको आरोप लगाउँदै सहायताकर्मीहरुले अबको केही महिनामा त्यहाँ व्यापक भोकमरी निम्तने चेतावनी दिएका छन्।
यमनमा रहेका संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले त्यहाँ मानवीय संकट देखा पर्दा विश्वले आँखा चिम्लिएको आरोप लगाएका हुन्।
संयुक्त राष्ट्रसंघका यमनस्थित सहायता संयोजक जेमी मक्गोडरिकले बीबीसीसँग बोल्दै बालबालिकाले भोकमरीका कारण ज्यान गुमाउन थालिसकेको बताए।