दक्षिण कोरियाका राष्ट्रपति पार्कलाई महाअभियोग लगाउने प्रस्ताव अत्यधिक बहुमतले पारित

maitrinews

park1

सोल । दक्षिण कोरियाको संसदले भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्क गुयन हाईविरुद्ध महाअभियोग प्रस्ताव पास गरेको छ । यससँगै उहाँ निलम्बनमा पर्नुभएको छ ।

संसदमा भएको मतदानमा २३४ ले महाअभियोगको पक्षमा मत दिएका छन् । ५६ भोट मात्र विपक्षमा परेको छ । यसको अर्थ पार्ककै पार्टीका केही सांसदले समेत महाअभियोगको पक्षमा मतदान गरे ।

अब तत्कालका लागि राष्ट्रपतिको कार्यभार पनि प्रधानमन्त्री हुवान कियो आनले सम्हाल्नुहुनेछ ।

भ्रष्टाचारको आरोप लागेपछि कोरियाका सडकहरुमा राष्ट्रपतिको राजीनामा माग गर्दै लाखौँ मानिसले प्रदर्शन समेत गरेका थिए । र, यो विवाद पार्क र उहाँका निकट विश्वासपात्र चोई सोन सिलसँग जोडिएको छ । पार्कका निर्णयमा सिलको प्रभाव रहने गरेको आरोप लगाइएको छ ।