रेखा थापाले किन प्रचण्डलाई वाइवाई गरिन् र समातिन् कमल थापा ?

काठमाडौँ । राप्रपा प्रवेशमा कलाकारहरुको लहर सुरु भएको छ । कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र पसुपति सम्शेर जबराले नेतृत्व गरेको राप्रपाबीच एकीकरण भएकै दिन गायिका कोमल वलीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसको केही हप्तापछि अभिनेत्री रेखा थापाले पनि राप्रपा प्रवेश गरेकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पार्टी थापाले पार्टी प्रवेशको गरेकी हुनु । उनले आफू किन राप्रपामा प्रवेश गरेँ भन्ने थाहा पाउन दर्शकलाई आफ्ना विगत चलचित्र हेर्न आग्रह समेत गरिन् । कुनै समय माओवादीका कार्यक्रममा समेत सहभागी भएकी थापाले देश परिवर्तन गर्ने पार्टी माओवादी मात्र भएको दाबी समेत गरेकी थिइन् । तर, अहिले उनी त्यही पार्टी छाडेर राप्रपामा प्रवेश गरेकी हुन् ।
पार्टी प्रवेशपछि उनले भनिन्, ‘म कहिले दुर्गा बनेँ कहिले काली बने त कहिले रामप्यारी बनेँ ।’
उनले अन्यार र अत्याचारकोविरुद्व त्यही भूमिकामार्फत आवाज उठाइरेको भन्दै आफ्नो भूमिका अनुसारको पार्टी राप्रपा भएकाले प्रवेश गरेका बताइन् । आफू हिन्दु राष्ट्रवादी नारी भएको भन्दै थापाले आफूलाई आफ्नै घर फर्किएको जस्तो महसुस भएको बताइन् । प्रवेश कार्यक्रममा उनले आफूले कहिल्यै माओवादी पार्टीको सदस्यता नदिएको पनि दाबी गरिन् । माओवादीको जनलहर देखेर कलाकारका रुपमा आफूले माओवादीलाई सहयोग मात्र गरेको उनको जिकिर थियो ।