एमाले अध्यक्ष ओली र पूर्वप्रम विष्टबीच भेटवार्ता

maitrinews

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टसँग भेटवार्ता गर्नुभएको छ । विष्टलाई भेट्न उहाँकै निवास जानुभएका अध्यक्ष ओलीले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै समसामायिक राजनीतिक विषयमा कुराकानी गर्नुभएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँको साथमा पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, नेता केशव बडाल र धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको थियो ।