तेह्रथुमको संक्रान्तिबजारमा भीषण आगलागी,२१ घर जले

संक्रान्तिबजार । तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा भीषण आगलागी भएको छ । बिहान ११ बजेपछि सुरु भएको आगलागीमा २१ वटा घर जले । स्थानीय अग्नि सेढार्इंको घरबाट सुरु भएको आगलागीमा सँगै रहेका बद्री सेढार्इं, दिपेश सिटौला, अमृत गहतराज , देवेन्द्र पाहीम लगायतका घर पूर्णरुपमा जलेका छन् । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रयासमा आगोलागी नियन्त्रणमा आएको छ ।