व्यापक विरोध भएपछि भेनेजुयलामा ठूलो नोट फिर्ताको निर्णय स्थगित

maitrinews

भेनेजुयला । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले देशको सबैभन्दा ठूलो नोटलाई फिर्ता गर्ने आफ्नो निर्णय आउँदो जनवरीसम्मका लागि स्थगित गर्नुभएको छ।
बोलिभार भनिने त्यहाँको मुद्राको सबैभन्दा ठूलो अर्थात सयको नोट हटाउने निर्णयपछि भेनेजुएलाका विभिन्न भागमा विरोध प्रदर्शनहरु भएका थिए।
भेनेजुएलामा १ सय बोलिभारलाई फिर्ता गरिनुपर्ने वा त्यसको बदलामा अरु नोटहरु लिनुपर्ने भनिएपछि त्यहाँका नागरिकहरुले यस हप्ताका धेरै दिन लाईनमा बसेर बिताएका थिए।

राष्ट्रपति निकोलस मडुरोले तस्करी र पैसा लुकाउने कार्य रोक्नका लागि त्यो आवश्यक भएको बताउनुभयो।
तर उहाँले त्यस्तो बताएको केही समयमै अन्य नोटहरुको अभाव भएपछि मानिसहरु सामान किन्न र अरु सुविधा उपभोग गर्नका लागि क्रेडिट कार्डमा भर पर्न बाध्य भए।
नोटको अभावका कारण भेनेजुएलाका हजारौं पसलहरु बन्द भएका छन् र मानिसहरुले खानेकुरासमेत किन्न पाएका छैनन्।