अलेप्पोमा उद्धारका लागि पठाइएका ६ वटा बसमा आगजनी

अलेप्पो । सिरियामा सरकार नियन्त्रित फुआ र केफ्राया नगरका मानिसलाई ओसार्न पठाएको बसमाथि आगो लगाइएको छ ।
सरकार पक्षका लडाकुहरुले ती दुई गाउँबाट मानिसहरुलाई निस्किन दिएमा मात्रै अलेप्पोका मानिसलाई बाहिर जान दिने अडान लिएका छन्।
ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्सले फुआ र केफ्राया गाउँ जाने क्रममा रहेका ६ वटा बसमाथि आक्रमण गरेर तिनीहरुलाई जलाईएको बताएको छ।
सिरियाको सरकारी सञ्चार माध्यमले उसकै शब्दमा ुहतियारधारी आतंकवादीुले ५ वटा बस जलाएर ध्वस्त बनाएको बताएको छ भने विद्रोही समूहहरुले आक्रमणका बारेमा केही प्रतिकृया दिएका छैनन्।
हजारौं सर्वसाधारण फँसेको अलेप्पोमा स्थानान्तरणमा ढिलाई हुँदा स्थिति झन् खराब भईरहेको छ।
संवाददाताहरुले मानिसहरुलाई खाना बिना चीसो सडकमा सुतिरहेको देखेको बताएका छन्।
ईदलिब प्रान्तका दुईवटा सरकार नियन्त्रित क्षेत्रबाट सर्वसाधारणलाई अन्यत्र सार्ने योजनाका बारेमा मतभेदका कारण स्थानान्तरणमा ढिलाई भएको बुझिएको छ।