अमेरिकामा पनि व्यस्त भइन् नायिका अशिष्मा

न्युयोर्क । अमेरिकामा रहदा पनि हिरोइन अशिष्मा नकर्मी खाली देखिईनन् । विगत एक महिना देखि अमेरिकामा रहेकी उनले यतै छायाँकन भएको एक म्यूजिक भिडियो खेलेर आफ्नो ब्यस्तता देखाइन् । प्रजित रानाले निर्देशन गरेको म्यूजिक भिडियोमा उनले मोडल गिरिश गुरुङसंग रोमान्स गरेकी छिन् । भिडियोमा समावेश गीतको शब्द र गायन मेघ पौडेलको हो भने संगीत चाँहि योगेश काजीको हो । नेपाल रहदा भर्खरै मात्र राधे नामक फिल्मको सुटिङ सिध्याएकी अशिष्माको संरक्षण नामक ठूलो बजेटको अर्को फिल्म पनि रिलिजको तयारीमा छ भने निखिल उप्रेतीको पिजडा( २ लगायत नाम फाईनल नगरिएका थप दुई फिल्ममा पनि उनी खेल्ने पक्का पक्की भइसकेको छ ।