जग हाल्नेलाई मात्रै दोस्रो किस्ता दिइने

जग हाल्नेलाई मात्रै दोस्रो किस्ता दिइने

काठमाडौँ । भूकम्प पिडितहरुले पहिलो किस्ता स्वरुप प्राप्त गरेको ५० हजार रुपैयाँले तोकिएको डिजाइन अनुसारको घरको जग हालेपछि मात्रै दोस्रो किस्ता रकम पाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले रकमको दुरुपयोग हुन नदिन र सम्वनिधत व्यक्तिलाइ उत्तरदायी वनाउन यस्तो ब्यवस्था गरिएको जनाएको हो । प्राधिकरण भुकम्प अति प्रभावित उपत्यका वाहेकका १४ जिल्लामा सिघ्र १ लाख ५० हजार रुपैयाँको दोस्रो किस्ता वितरणगर्ने तयारी छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको एक वर्ष पुगेको अवसरमा आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिरकणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवालीले तोकिएको मापदण्ड अनुसार घर नवनाउने र ढाँटेर गलत तरिकाले पहिलो किस्ता प्राप्त गर्नेलाई पनि दोस्रो किस्ता रकम उपलब्ध नगराइने वताए ।
भौतिक संरचनाहरुको पुनर्निर्माणको सन्दर्भमा प्राधिकरणले निजी आवास पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएको उल्लेख गदै उनले भूकम्पको मारमा परेका भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेको वताए । जसमा पुस ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेका र ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनर्निर्माण गर्ने वातावरण तयार भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लापछि हामीले भूकम्पबाट प्रभावित र कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढाएको उनको भनाई छ ।
उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३ सय ११ घर निर्माण भएको जानकारी प्राप्त भएको छ भने १७ हजार १ सय ४४ घरको पुनर्निर्माण जारी छ । घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा २ लाख ४ हजार १ सय ७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएका छन् । जसमध्ये प्राधिकरणको केन्द्रमा १ लाख ७ हजार गुनासा प्राप्त भएका छन् । कतिपय गुनासाहरु स्थानीय तहबाटै सम्बोधन भएका छन् भने केन्द्रमा प्राप्त मध्ये पनि ७९ हजार ३ सय २२ वटा गुनासाहरुको पुनरावलोकन भएको उनले वताए । यो नयाँ अनुदान कार्यविधि पारित हुनासाथ प्रकाशन गरिने उनको भनाई छ ।
भूकम्प पीडित जनतालाई परेको पीर मर्कालाई सम्बोधन गर्न प्राधिकरण अत्यन्तै गम्भीर भएर लागेको छ । सयौं वर्षदेखि रहेका समस्याहरु अहिले एकमुष्ट रुपमा आएकाले त्यसलाई सम्बोधन गर्न केही समय लागेको दावी गर्दै ज्ञवालीले यसबीचमा पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्न भएको र ६९ वटा सम्पदाको पुनर्निर्माण कार्य जारी रहेको वताए । उनका अनुसार चालू आर्थिक वर्ष २०७३÷०७४ भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
यस्तै प्राधिकरणका अनुसार २०० वटा स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १६९ वटा स्वास्थ्य केन्दको पुनर्निर्माण कार्य जारी छ । चालू आर्थिक वर्षभित्रै २६८ वटा स्वास्थ्य केन्द्र तथा संस्थाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।
त्यसैगरी ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भएको छ भने २२८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा छन् । चालू आर्थिक वर्षभित्रै केन्द्र र जिल्ला तहका स्थायी एवम् प्रिफ्रेब्रिकेटेड गरी ५०७ वटा भवन पुनर्निर्माण गर्र्ने लक्ष्य रहेको ज्ञवालीले वताए ।
शैक्षिक संस्थातर्फ २०० वटा विद्यालयको पुनर्निर्माण भएको छ भने १२०० विद्यालय पुनर्निर्माणको प्रक्रियामा छन् । २०७४ साल कार्तिकभित्र २३ सय विद्यालयहरुको मर्मत सम्भार एवम् पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनको भनाई छ । भूकम्पबाट क्षति भएका खानेपानी आयोजना मध्ये २९७ वटाको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ भने ९६१ आयोजनाहरुको पुनर्निर्माण भइरहेको छ ।
यस्तैगरी सडक, जलविद्युत, उद्योग, जीवीकोर्पाजन लगायतका क्षेत्रहरुमा पनि समानन्तर रुपमा कामहरु भइरहेको प्राधिरकणले जनाएको छ । ‘अझ राम्रो र बलियो बनाऔं’ भन्ने अवधारणामा आधारित हुँदै एकीकृत सघन बस्तीहरुको विकासमा स्थानीय समुदायलाई प्रोत्साहित गर्नका निम्ति त्यस्ता बस्तीहरुको पूर्वाधार विकास सरकारले गरिदिने निर्णय भएको उनले वताए । जस अन्तर्गत यस आ.व. भित्रै कम्तिमा २५ वटा बस्तीहरुको योजना तयारी गर्ने गरी कार्य अघि बढाइएको छ । काठमाडौं उपत्यकाभित्रका सात वटै विश्वसम्पदा क्षेत्रहरु र गोरखा एवं नुवाकोट दरबार क्षेत्रको वृहत्तर विकासका निम्ति गुरुयोजना तयारी कार्य अघि बढाइएको छ ।
विपद्पछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्य असाध्यै जटिल र समय लिने कार्य भएकोले काममा ढिलाई भएको उनले प्रष्टिकरण दिए । भूकम्प र अरु खालका विपद् पश्चात् भारत, पाकिस्तान, जापान, न्यूजील्याण्ड, इन्डोनेसिया, अमेरिका लगायतका देशहरुमा भएका पुनर्निर्माण तथा पनुस्र्थापनाका सुरु दिनमा धेरै आलोचना भएका उदाहरण उनले दिए । अन्तर्राष्ट्रिय दातृ निकाय र विशेषज्ञहरुले भूकम्पबाट भएको हाम्रो क्षतिको अवस्था र वर्तमान संक्रमणकालिन परिवेश समेतका आधारमा मूल्यांकन गर्दै प्राधिकरण गठन भएदेखि एक वर्षको अवधिको कामलाई सन्तोषजनक रुपमा अघि बढेको भनी थप सहयोगको प्रतिबद्धता व्यक्त गरेको उनको भनाई छ ।
भूकम्पबाट प्रभावित जिल्लाहरुमा भौगोलिक विकटता, त्यहाँ निर्माण सामग्री उपलब्ध गराउन अप्ठ्यारो तथा स्थानीय तहमा पुनर्निर्माणको अभियानलाई तीव्रता दिने र स्वामित्व लिने स्थानीय निकायहरु जनप्रतिनिधिबिहिन भएको जस्ता कराणले समस्या भैरहेको उनले वताए । त्यसको विकल्पमा पुनर्निर्माण सामुदायिक समिति गठन गरी जनपरिचालन गर्ने वातावरण तयार पारेका उनको भनाई छ ।
प्राधिरकणका सचिव डा. सञ्जय शर्माले पुननिर्माणको काम प्राधिरकण आफूल नगरी वतावरण मात्र वनाउने भएकोले पनि यसमा ढिलाई भएको हुनसक्ने वताए । उनले पुनर्निर्माणको स्वामित्व लिन, जनतालाई पुनर्निर्माणमा लाग्नका लागि उत्प्रेरित गर्न र पुनर्निर्माणको कार्यलाई अघि बढाई सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, समाजका सबै तह र क्षेत्रले सहयोग गर्नुप्र्ने उनको भनाई छ ।