भारतीय राजदूत र मोर्चाको दबाबमा प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्नु भएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मंगलवार पनि बुझ्न मान्नु भएन । मंगलवार बिहान आयोग पदाधिकारीलाई भेट्ने समय दिएका प्रधानमन्त्री प्रचण्डले भेट स्थगित गर्नुभयो ।
आयोगले प्रतिवेदन तयार गरेपछि एक दुई दिन भित्रै निर्वाचन घोषणा गर्ने वताएका प्रधानमन्त्री प्रचण्डले मंसिर २५ गते मधेसी मोर्चासँगको बैठकमा प्रतिवेदन नबुझ्ने सम्झौता गरेपछि निरन्तर प्रतिवेदन बुझ्न अस्वीकार गर्दै गर्दै आउनुभएको छ ।
आयोगले प्रतिवेदन बुझ्ने समय माग्दै सोमबार प्रधानमन्त्री दाहाललाई पत्राभचार गरेको थियो । पटक पटक प्रतिवेदन बुझाउने प्रयास गर्दा पनि असफल भएपछि आयोगले प्रधानमन्त्री दाहाललाई पत्राचार नै गरेको हो । आयोगको प्रतिवेदन बुझेपछि स्थानीय तहको निर्वाचन घोषणा रोक्न कुनै पनि बाहना नमिल्ने भएकाले प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझ्न अस्वीकार गर्दै आउनुभएको छ ।

प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न नमानेपछि आयोग पदाधिकारी आश्चर्य ब्यक्त गर्दै आएका छन् । भारतीय राजदूत र मधेसी मोर्चाका नेताको दबाबमा उहाँले प्रतिवेदन बुझ्न सक्नु भएको छैन ।