इन्द्रावती माविकाे सहकार्य र वडा ११ भिमटारकाे सहयाेगमा शिक्षक शिक्षिकालाई इसिएलएफले दियाे तीनदिने कार्याशाला
सिन्धुपाल्चाेक, १६ बैशाख । इन्द्रावती माध्यमिक विद्यालयकाे सहकार्य, चौतारा साँगाचाेकगढी नगरपालिका वडा नं-११, भीमटारकाे सहयाेगमा इसिएलएफ नेपालले वडा भित्रका शिक्षक शिक्षिकालाई तीनदिने नि:शुल्क पेशागत विकास कार्याशाला सञ्चालन गरेकाे छ ।
इसिएलएफ नेपालकाे सहयाेगमा इन्द्रावती माध्यमिक विद्यालयकाे प्राङ्गणमा वडा भित्रका २० जना शिक्षक शिक्षिकाहरूलाई तीनदिने पेशागत विकास कार्यशाला सञ्चालन गरिएकाे हाे । कार्यशाला बैशाख १३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएकाे थियाे ।
कार्यशालामा इसिएलएफ नेपालका अध्यक्ष बन्दनालक्ष्मी श्रेष्ठ तथा इसिएलएफ नेपालका निर्देशक राजाराम महाजुले प्रशिक्षण गर्नुभएकाे थियाे भने इन्द्रावती माध्यमिक विद्यालयका प्रधानाध्यापक शालिकराम ओलीकाे संयाेजकत्वमा उक्त कार्यशाला सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा वडा अध्यक्ष राेशनराज गिरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबिक्रम माझीलगाएतकाे उपस्थिती रहेकाे थियाे ।