संशोधन प्रस्ताव पास गराउन मधेसी मोर्चाले १८ गते देशभर विरोधसभा गर्ने

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक पटक असफल भएको आन्दोलन फेरि गर्ने भएको छ । दुई दिनसम्म चलेको मार्चाको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ९ दलले संविधान संशोधन प्रस्ताव ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन आग्रह गरिरहेका बेला मोर्चाले भने प्रस्ताव पारित गर्न दवाव दिदैँ १८ गते देशभर विरोध सभा गर्ने निर्णय गरेको छ ।
मोर्चाले राज्य पुनसंरचना आयोगको प्रतिवेदन पनि स्वीकार नगर्ने निर्णय गरेको छ । बिहीबार र शुक्रबार दुई दिनसम्म बसेको मोर्चाको बैठकले चुनावको मिति घोषणा गर्नु अघि नै संविधान संशोधन प्रस्ताव पारित गर्न सरकारसँग माग गरेको छ । त्यसो नभए आन्दोलनमा जाने चेतावनी पनि मोर्चाले दिएको छ । एमालेसहितका ९ दलले पुस २२ गते प्रस्ताव फिर्ता लिन दवाव दिने उदेश्यले बृहद् आन्दोलन गर्ने घोषणा गरेका छन् । यसै बेला मोर्चाले यस्तो निर्णय गरेर मुलुकलाई मुठभेडतिर लैजान खोजेको छ । मोर्चाले राज्य पुनसंरचना आयोगको प्रतिवेदन पनि स्वीकार नगर्ने निर्णय गरेको छ ।