३३ केजी अवैध सुन तस्करीमा संलग्न गिरोहबारे तत्काल छानविन गर्न निर्देशन

maitrinews

 

काठमाडौँ । व्यवस्थापिका–संसद, अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानविन तथा जाँचबुझ गर्न अधिकार सम्पन्न छानविन समिति गठन गर्न निर्देशन दिएको छ । समितिका सभापति प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले चुहावटमा देखिएका समस्याहरु पहिचान गरी दीर्घकालीन रुपमा समस्या समाधान गर्ने संयन्त्र समेत निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । ‘३३ केजी अवैध सुन तस्करीमा संलग्न गिरोह एवं व्यक्तिहरुको बारेमा तत्काल छानविन गरी त्यस्ता व्यक्तिहरुलाई संगठित अपराध अन्तर्गत कडाभन्दा कडा कारवाही गर्न तथा सोे कार्यमा संलग्न र सहयोग पु¥याउने कर्मचारीहरुलाई प्रचलित ऐन कानून अनुसार विभागिय र अन्य आवश्यक कारवाही गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरुको मात्र प्रहरी चेक जाँच हुने र आगमनमा प्रहरीद्वारा कुनैपनि चेकजाँच नहुने भएकोले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा पर्याप्त र भरपर्दो चकेजाँचको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ ।’
बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राजश्व चुहावट र चोरी निकासी नियन्त्रणका लागि क्षमता अभिबृद्धि गर्न, विमानस्थलमा रहने सरकारी निकायहरु वीच प्रभावकारी समन्वयको व्यवस्था गर्न, सबै निकायको भूमिका स्पष्ट गर्न र आधुनिक चेकजाँच मेशिन सहित विमानस्थलको सुरक्षा प्रणालीलाई सशक्त बनाउदै विमानस्थलको आधुनिकीकरणको काम तीब्र रुपमा अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी बैठकले त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन र आपूर्तिको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।