विविधताका हिसाबले नेपाल विश्वमै नमुना– सभामुख घर्ती

काठमाडौँ, १ माघ । सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताउनुभएको छ ।
थारु विद्यार्थी समाजले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको आज टँुडिखेलमा उद्घाटन गर्दै उहाँले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता भएको मुलुकका हिसाबले नेपाली विश्वमै नमुना रहेको छ, सम्पूर्ण नेपालले राष्ट्रिय पर्वका रुपमा माघे सङ्क्रान्ति मनाउनुले पनि यो कुरालाई पुष्टि गरेको छ ।”
सभामुख घर्तीले देशमा न्याय, सुशासन र समृद्धिको वातावरण बनाउन यो सांस्कृतिक पर्वले सबैमा योगदान पु¥याओस् भनी शुभकामना पनि व्यक्त गर्नुभयो ।
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सबैभन्दा पुरानो आदिवासी र उत्पीडनमा रहेको जातिका रुपमा रहेका थारु समुदाय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “एउटा जाति, भाषा, संस्कार र संस्कृतिलाई मात्र राष्ट्रियताको मान्यता दिने युगको अन्त्य भइसकेको छ, थारु जातिको बसोबास र थातथलो नटुक्र्याउने गरी प्रदेशको सीमाङ्कन हुनुपर्दछ, सङ्घीयता उत्पीडनमा परेका लागि हो भन्ने बुझ्न जरुरी छ ।”