न्यायाधीशको नियुक्तिमा काँग्रेस र माओवादीका कति–कति ?

काठमाडौँ । न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । त्यस मध्ये ३७ जना जिल्ला न्यायाधीश, २७ जना कानुन व्यवसायी ९वकिल समूह० र न्याय, कानुन र सरकारी वकिल तर्फका सहसचिव र सचिवस्तरका १६ जना नियुक्तिका लागि सिफारिस हुनुभएको छ ।

कानुन व्यवसायी समूहबाट कांग्रेसका १५ र माओवादी केन्द्रका १२ जना सिफारिसमा परेका पर्नुभएको छ । छलफलको सूचीमा रहेका एमाले निकट वकिलहरु भने छानी–छानी फालिएको स्रोतले जनाएको छ । यद्यपि, समेट्नकै लागि दुई जना एमाले निकट वकिल र २ जना पूर्व अस्थायी न्यायाधीश नियुक्तिको सिफारिसमा पर्नुभएको छ ।
यस्तो भागबण्डाकांग्रेसबाट राकेशकुमार निधि, बविता उप्रेती, दीपेन्द्रबहादुर बम उहाँ सर्वोच्च अदालतका पूर्वन्यायाधीश रणबहादुर बमका पुत्र हुनुहुन्छ । त्यसैगरी शान्ता सेँढाई, हरिप्रसाद पौडेल, मुनेन्द्र अवस्थी, वासुदेव आचार्य, गोकर्ण डाँगी, जनक पाण्डे, सुदर्शनदेव भट्ट, मदन पोखरेल, ध्रुवराज नन्द, नरबहादुर शाही, शान्तिसिंह थापा र नित्यानन्द पाण्डेको नाम सिफारिस भएको छ । उहाँहरु सबै कांग्रेसकै हुनुहुन्छ ।यसैगरी, माओवादी केन्द्रबाट गणेश बराल, सीताराम मण्डल, श्यामजी प्रधान, दुर्गाबहादुर विक, टंक गुरुङ, तेजनारायण सिंह, रामबहादुर थापा, शकुन्तला घिमिरे, राज्यलक्ष्मी बज्राचार्य, खुसीप्रसाद थारु, दिनेशप्रसाद यादव र कृष्णलाल यादव हुनुहुन्छ ।एमालेबाट भने सुवाश पौडेल, वामदेव ज्ञवाली, यमुना भट्टराई, राजेश्वर तिवारी मात्रै हुनुहुन्छ ।