मन्डलामा १२ दुर्वासा मञ्चन हुँदै

काठमाडौं । यही माघ ११ देखि मञ्चन हुने नाटक १२ दुर्वासामा राउन्ड टेबल छलफलमार्फत पीडितलाई न्याय दिने प्रयास गरिनेछ।
अमेरिकन लेखक रेनाल्ड रोजको टुवेल एग्री म्यानु नामक नाटकलाई सुरेश सापकोटाले तत्कालको नेपाली समाजसँग तुलना गर्दै नेपालीमा अनुवाद गरेका छन्। सुकुम्बासी बस्तीमा बस्ने १८ वर्षे युवकलाई आफ्ना बुबाको हत्या गरेको आरोप लागेपछि प्रत्यक्षदर्शीले शंकास्पद विचार प्रकट गर्छन्। अदालतले नागरिक समाजमार्फत समस्याको समाधान खोजेपछि नाटकको पृष्ठभूमि तयार हुन्छ।
करिब १ घन्टा ३० मिनेट लामो नाटकमा नागरिक समाजको प्रतिनिधित्व गर्ने १२ पात्र राउन्ड टेबलमा सहभागी हुँदै छन्। ।
लामो समयपछि अभिनेता सरोज खनाल यो नाटकमार्फत रंगमञ्चमा पुनरागमन गर्दै छन्।
मञ्चमा सरोज र सरितासहित पशुपति राई, सिर्जना सुब्बा, अनुपम शर्मा, सोमनाथ खनाल, अभय बराल, कुशल पाण्डे, पुष्कर कार्की, लक्ष्मी बर्देवा, आयान खड्का, बादल भट्ट, र विशारद बस्नेत लगायत देखिनेछन्। नाटक फागुन १ सम्म अनामनगरस्थित मन्डला नाटकघरमा नियमित मञ्चन हुनेछ।