प्रधानमन्त्रीको काम नै निर्देशन दिने तर काम गराउन भने गाह्रो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक काम गर्न निर्देशन दिए पनि सम्बन्धित निकाय र मातहतका कर्मचारीहरुले काम नगर्दा आम जनताले राहत पाउन सकेनन् । उहाँले पटक पटक निर्देशन दिनुहुन्छ तर परिणाम आउँदैन ।

आज पनि प्रचण्डले तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आपूर्ति र अर्थ मन्त्रालयसहित नेपाल आयल निगमका पदाधिकारीहरुलाई डाकेर प्रधानमन्त्री दाहालले ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारण गराउन निर्देशन दिनुभएको हो । पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने उहाँले जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री दाहालले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिनुभयो । जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले ती निकाय र अधिकारीलाई निर्देशन दिनुभएको हो ।